इजिप्ट

  • Saqqara

Context of इजिप्ट

इजिप्ट अथवा मिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५०km२ क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा मूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टी र इजरायल, पूर्वमा लाल सागर, दक्षिणमा सुडान र पश्चिममा लिबिया पर्दछ।

इजिप्ट अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या प्रायः, नाइल नदीको आसपासको ४०००० किमि२ क्षेत्रमा बसोबास गर्दछन्। इजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ। इजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। इजिप्टको करिब आधा जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रिया र नाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्।

इजिप्ट प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ। इजिप्टको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध...Read more

इजिप्ट अथवा मिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५०km२ क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा मूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टी र इजरायल, पूर्वमा लाल सागर, दक्षिणमा सुडान र पश्चिममा लिबिया पर्दछ।

इजिप्ट अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या प्रायः, नाइल नदीको आसपासको ४०००० किमि२ क्षेत्रमा बसोबास गर्दछन्। इजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ। इजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। इजिप्टको करिब आधा जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रिया र नाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्।

इजिप्ट प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ। इजिप्टको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध छ। इजिप्टलाई मध्य पूर्वको महत्त्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रूपमा लिइने गरिन्छ।

Map