भारत

Context of भारत

भारत वा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप, दक्षिण एसियामा अवस्थित एउटा देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको सामुन्द्रिक किनारा ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौँ ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, र भुटान अनि पूर्वमा बङ्गलादेश र म्यानमार छन्। हिन्द महासागरमा यसको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलङ्का र दक्षिण-पूर्वमा इन्डोनेसिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडिएको दावी गर्दछ। यसको उत्तरमा हिमालय पर्वत श्रृखला र दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बङ्गालको खाडी र पश्चिममा अरब सागर छ। भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो र भारतीय सभ्यतामा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।

भारतको जनसङ्ख्या १२० करोड भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन...Read more

भारत वा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप, दक्षिण एसियामा अवस्थित एउटा देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको सामुन्द्रिक किनारा ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौँ ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, र भुटान अनि पूर्वमा बङ्गलादेश र म्यानमार छन्। हिन्द महासागरमा यसको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलङ्का र दक्षिण-पूर्वमा इन्डोनेसिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडिएको दावी गर्दछ। यसको उत्तरमा हिमालय पर्वत श्रृखला र दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बङ्गालको खाडी र पश्चिममा अरब सागर छ। भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो र भारतीय सभ्यतामा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।

भारतको जनसङ्ख्या १२० करोड भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन्। भारत एक सिन्धु घाटी सभ्यताको भूमि हो। विश्वका तिन प्रमुख धर्म: हिन्दू, जैन तथा शिखको उत्पत्ति भारतमा भएको हो। भारत विश्वको दशौँ ठूलो अर्थव्यवस्था भएको राष्ट्र पनि हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ। सन् १९४७ मा स्वतन्त्रता प्राप्तिभन्दा पहिले ब्रिटिस भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अङ्ग भारतले विगत २० वर्षमा बर्णन गर्न लायक प्रगति हासिल गरेको छ। उक्त प्रगति विशेषत: आर्थिक र सैनिक क्षेत्रमा एक क्षेत्रीय शक्ति र विश्व शक्ति राष्ट्रको रूपमा देखिन थालेको छ।

भारत साङ्घाई सहयोग सङ्गठन, ब्रिक्स, जी-२०, इन्टरनेसनल इन्भेस्टमेन्ट बैङ्क (IIB) र विश्व व्यापार सङ्घटन (WTO), दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेक को सदस्य पनि हो ।

Map